१९ फाल्गुन २०८०, शनिबार | Mar 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उच्च शिक्षा अध्ययन गर्ने छोरी बुहारीलाई साइकल



गाईघाट। उदयपुरको त्रियुगा नगरपालिका –२ मोतियाहीले उच्च शिक्षा अध्ययन गर्ने गाउँका छोरी बुहारीहरुलाई कलेज जान आउन सहज होस् भनेर साइकल वितरण गरेको छ । सो वडाको खैजनपुर मोतियाही क्षेत्रबाट करिव ८ किलोमिटर टाढा रहेको त्रियुगा जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्ने छोरी बुहारीहरुलाई वडा कार्यालयले साइकल वितरण गरेको हो ।

शिक्षाको पहुँचबिना समृद्धि हासिल गर्न नसकिने भएकाले गाउँका बिपन्न र दलित किशोरीको उच्च शिक्षामा पहुँच बनाउने उद्देश्यले वडा कार्यालयको स्वीकृत बजेटबाट २९ जना किशोरीहरुलाई साइकल बितरण गरिएको छ  । 

दलित लक्षित कार्यक्रमको थोरै रकम खर्चगरेर यो कार्यक्रम गरिएकोमा आगामी वर्षदेखि रकम बृद्धि गरेर उच्च शिक्षा पढ्ने छोरी बुहारीलाई प्रोत्साहन गर्न साइकल वितरण गरिने योजना रहेको पनि छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ६ : ५३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *