२० फाल्गुन २०८०, आइतबार | Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डको भारत भ्रमण फितलो : केपी ओली



काठमाडौं।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण फितलो रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले देश उत्साहित हुनुपर्ने ठाउँमा तरङगीत् बनाएको आरोप लगाए।

ओलीले भने, ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमण अभिव्यक्तिले तरङगीत पैदा गरेको छ । बंगलादेश जाने बाटोसँग लिम्पियाधुरा लिपुलेक सट्टापट्टा गर्न सकिने अभिव्यक्तिहरू प्रधानमन्त्री ज्यूबाटै आइरहेका छन् । बंगलादेश जाने बाटो वा पारबहन सम्झौता सट्टापट्टाको विषय होइन । आफ्नो जमिन अर्कालाई दिने भन्ने कुरै हुँदैन । र, कानुनमा पनि यस्तो कुरा हुँदैन । सुगौलीसन्धीभन्दा ठूलो तथ्याकं के हुन सक्छ ? प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो ।’

उनले सिमाना मिचिदा हामी बोल्न नहुने भन्दै प्रश्न गरे । 

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ४ : १६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *