२० फाल्गुन २०८०, आइतबार | Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जथाभावी खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बालकको ज्यान गयो



कैलाली । कैलालीमा काँडा नदिमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । नदिजन्य पदार्थको जथाभावी उत्खननका कारण खनिएको खाल्डोमा जमेको पानीमा डुबेेर बर्दगोरिया गाउँपालिका–३ का लक्ष्मण विश्वकर्माका ९ वर्षीय छोरा अमर विश्वकर्माको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय बौनियाका प्रमुख एवं प्रहरी निरीक्षक महेशविक्रम शाहीका अनुसार साथीहरुसँग नदिमा पौडी खेल्न गएको बेला डुबेका उनको स्थानीयले उद्धार गरी बौनियास्थित बर्दगोरिया अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।

बुधबार दिउँसो ४ बजेतिर पौडी खेल्न गएका उनको जेसीबीले खनेको खाल्डोमा परि ज्यान गएको छ । मृत्युपछि आक्रोशित बालकका आफन्त तथा स्थानीयले जथाभावी उत्खननले खनिएको खाल्डोमा परि बालकको ज्यान गएको बताउँदै स्थानीय जनप्रतिनिधिकोसमेत गैरजिम्मेवारीपन भएको बताए ।

बस्ती नजिकै जेसीबी र टिप्परले खनिरहेकोे जानकारी हुँदाहुँदै पनि जनप्रतिनिधिको निगरानी तथा नियमन नहुँदा मानवीय क्षति भएको पीडितको आरोप छ ।

स्थानीय कल्पना भण्डारीले जेसीबी र टिप्पर प्रयोग गरि जथाभावी एकै ठाउँमा ठूलो खाल्डो खन्दा बालकको मृत्यु भएको बताइन् । घटनाका पीडितलाई राहत तथा क्षतिपूर्ति नदिएसम्म शव उठाउन र पोस्टमार्टम गर्न नदिने उनले बताइन् ।

ईलाका प्रहरी कार्यालय बौनियाले स्थलगत मुचुल्कापछि बिहीबार पोस्टमार्टम रिपोर्टका लागि बालकको शव टीकापुर पठाइने जनाएको छ । बर्दगोरिया गाउँपालिका वडा नं.–३ का वडाध्यक्ष मनऋषि आचार्यले जथाभावी नदिजन्यवस्तु उत्खनन हुँदा मानवीय घटना हुन पुगेको बताए ।

नदिजन्य पदार्थ जथाभावी रूपमा उत्खनन नगर्न पटक–पटक जेसीबी र टिप्पर चालकलाई आग्रह गर्दापनि अटेरी गरेको उनले बताए । मृतक बालकका परिवारले घटनाको उचित न्याय तथा क्षतिपूर्ति पाउनुपर्ने उनको भनाइ छ । बस्तीदेखि घटनास्थल करीब ५ सयमिटर दूरीमा पर्छ ।

प्रारम्भिक वातावरणीय परीक्षण (आईई) नभएको स्थानबाट नदिजन्य पदार्थ उत्खनन गरिएको भन्दै लापरबाही गर्ने जेसीबी र टिप्पर चालकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने पीडित पक्षको भनाइ छ ।

गाउँपालिकाले आईई गर्दा संघीय सरकारले २०७७ मा जारी गरेको ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड ख्याल नगरेकोसमेत स्थानीयको आरोप छ । प्रारम्भिक वातावरणीय परीक्षण (आईई) प्रतिवेदन तयार गर्दा स्थानीयको राय, सुझावका आधारमा जोखिमपूर्ण स्थानलाई ध्यान दिनुपर्ने भएपनि त्यसो हुन नसकेको स्थानीयको जनगुनासो छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ९ : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *