काठमाडौं । नेकपा एमालेले भारतले आफ्नो नयाँ संसद भवनमा राखेको ‘अखण्ड भारत’ नक्साबारे कूटनीतिक नोट पठाउन माग गरेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले नेपालको भू–भाग समेटेको ‘अखण्ड भारत’को नक्साको विरोधमा नेपाल सरकारले तत्काल कूटनीतिक नोट पठाउन माग गरेका हुन् । भारतलाई कूटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन उनले माग गरे ।
हालै भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर समेटिएको छ ।
प्रतिक्रिया