२९ भाद्र २०८१, शनिबार | Sep 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मृतक बालकका परिवारलाई बर्दगोरियाले २ लाख राहत दिने



कैलाली । कैलालीमा काँडा नदिमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका बालकका परिवारलाई बर्दगोरिया गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।

बिहीबार बसेको गाउँ कार्यपालिका बैठकले दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं.१ का वडाध्यक्ष मिथुन गौतमले जानकारी दिए ।

काँडा नदिमा डुबेेर बर्दगोरिया गाउँपालिका–३ का लक्ष्मण विश्वकर्माका ९ वर्षीय छोरा अमर विश्वकर्माको मृत्यु भएको थियो । बुधबार दिउँसो ४ बजेतिर साथीहरुसँग नदिमा पौडी खेल्न गएका बेला जेसीबीले खनेको तलाउमा डुबेर बालकको ज्यान गएको हो ।

उनको स्थानीयले उद्धार गरी बौनियास्थित बर्दगोरिया अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको थियो । मृत्युपछि आक्रोशित बालकका आफन्त, स्थानीय र गाउँपालिकाबीच भएको छलफलपछि बालकको शवलाई पोस्टमार्टम गर्न पीडित पक्ष सहमत भएका थिए ।

मृतक बालकका परिवारलाई गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउन लागिएको हो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ७ : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *