२४ भाद्र २०८१, सोमबार | Sep 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदित



काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो ।

कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भएका थिए । त्यतिबेला संसदीय समिति गठन नभएका कारण बिहीबारदेखि मात्रै उनको सुनुवाइ सुरू भएको थियो ।

कार्कीले बिहीबार कार्ययोजना पेश गरेका थिए भने आज शुक्रबार प्रश्नोत्तर भएको थियो । लगतै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ३ : २७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *