४ जेष्ठ २०८१, शुक्रबार | May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले लिए शपथ



काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त प्रधानन्यायाधीश कार्कीले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक अंगका प्रमुखहरू, न्यायाधीशहरू, नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल सरकारका मुख्यसचिव, उच्च पदस्थ सरकारी अधिकारी तथा सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको थियो । यसअघि कायममुकाय प्रधानन्यायाधीश रहेका कार्कीलाई शुक्रबारै राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका थिए ।

कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भएका थिए । त्यतिबेला संसदीय समिति गठन नभएका कारण बिहीबारदेखि मात्रै उनको सुनुवाइ सुरू भएको थियो । आजै संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि कार्कीलाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । उनको कार्यकाल आगामी साउन १९ गतेसम्म रहेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *