४ जेष्ठ २०८१, शुक्रबार | May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई पूर्वमन्त्रीसहित १६ जनालाई थुनामा पठाउने आदेश



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीमध्ये १६ जनालाई थुनामा राख्ने आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा शुक्रबार भएको थुनछेक बहसपछि यस्तो आदेश दिएको हो ।

अभियुक्तमध्ये लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न र बाँकीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँण तथा बहालवाला सचिव (निलम्बित) सहित १६ अभियुक्तलाई थुनामै राखेर मुद्दा किनारा लगाउने गरी आदेश दिएको हो ।

यो आदेशसँगै पक्राउ परेका दुई पूर्वमन्त्रीहरु रायमाझी र खाँणसहित टेकनारायण पाण्डे, इन्द्रजित राई, टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी, आङटावा शेर्पा, शमशेर मिया, सन्दीप रायमाझी, सन्देश शर्मा, सागर राई, रामशरण केसी, नरेन्द्र केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन न्यायिक हिरासतबाट कारागार चलान हुनेछन् ।

यो मुद्दामा केशव तुलाधर, अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाञी, निरज राई, रजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जन कुमार खरेल, सुनील बुढाथोकी र प्रतिक थापासहित १२ जना भने अझै फरार छन् ।

भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा नक्कली भुटानी शरणार्थी खडा गरी ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी र एकीकृत कसूरमा उनीहरुमाथि मुद्दा चलाइएको थियो । प्रतिवादीसँग २८ करोड ८१ लाख ७४ हजार ५०० रुपैयाँ मागदाबी लिएर मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : २२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *