२० फाल्गुन २०८०, आइतबार | Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार



पाँचथर । पाँचथरको याङवरक गाउँपालिका– १ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ। 

प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार १२ जना  शनिबार रातिदेखि पहिरोमा फसेका थिए। घर रहेको स्थानको चारैतर्फ पहिरो आएपछि उनीहरू सुरक्षित स्थानमा जान सकेका थिएनन्। पीडित रातिदेखि नै उद्धारको पर्खाइमा थिए। 

हेलिकोप्टरमा उद्धार गरिएकाहरूमा ६० वर्षीया नरमाया गुरुङ, १६ वर्षीय सन्दीप गुरुङ, नौ वर्षीया हिमा गुरुङ, ८० वर्षीय कृष्णबहादुर गुरुङ, ६० वर्षीया डिकमाया गुरुङ, ३५ वर्षीय काजुहाङ गुरुङ, ३० वर्षीया सुनिता गुरुङ, ४३ वर्षीय मनबहादुर गुरुङ, ४४ वर्षीया मनकुमारी गुरुङ, १६ वर्षीया सुष्मा गुरुङ, ७० वर्षीय पदमबहादुर खालिङ र ६८ वर्षीया मनमाया खालिङ छन्। 

उनीहरूलाई विद्यालयमा अस्थायी आश्रयस्थल बनाएर राखिएको डिएसपी खतिवडाले जानकारी दिए। 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ६ : ४८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *