२० फाल्गुन २०८०, आइतबार | Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्घटनामा घाइते मन्त्री सिंहको अवस्था चिन्ताजनक, हेलिकप्टरमार्फत नेपालगञ्ज पठाइयो



कैलाली । सवारी दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जयपृथ्वीबहादुर सिंहसहित पाँचै जनालाई हेलिकप्टरमार्फत नेपालगञ्ज पठाइएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते मन्त्री सिंह, उनीकी पत्नी अमृता सिंह, भाउजु जयादेवी सिंह, अंगरक्षक दिपक भण्डारी र चालक धर्मराज जोशीलाई हेलिकप्टरमार्फत नेपालगञ्ज पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले नेपाली अक्षरलाई जानकारी दिइन् ।

धनगढीबाट बझाङ जाने क्रममा मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो । आज दिउँसो करीब अढाई बजे बझाङको केदारस्युँ गाउँपालिका–१ को धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ४ : २८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *