३ असार २०८२, मंगलबार | Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङ दुर्घटना : मन्त्री सिंहको अवस्था चिन्ताजनक, दुईको मृत्यु



कैलाली । बझाङको केदारस्युँ गाउँपालिका–१ को धारछडामा मंगलबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जयपृथ्वीबहादुर सिंहसहित पाँच जना सवार गाडी दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजु जयादेवी सिंहको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्यामसिंह चौधरीले जानकारी दिए । उनकाअनुसार स्थानीय रितु पोलीक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

मन्त्री पृथ्वीबहादुर सिंह, अंगरक्षक दिपक भण्डारी र सवारी चालक धर्मराज जोशीसहित तीन जनालाई भने थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । उनीहरुको थप उपचारका लागि बाँकेस्थित नेपालगंज मेडिकल कलेजमा रेफर गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले नेपाली अक्षरलाई जानकारी दिइन् ।

धनगढीबाट बझाङ जाने क्रममा मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो । आज दिउँसो करीब अढाई बजे बझाङको केदारस्युँ गाउँपालिका–१ को धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताइएको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ४ : ५८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *