२९ भाद्र २०८१, शनिबार | Sep 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रमदान गर्दै मोहन्यालका अध्यक्षले थाले ‘म बनाउँछु, मेरो मोहन्याल’ अभियान



कैलाली । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखरले’ श्रमदानमा आधारित अभियानको शुरूवात गरेका छन् । बुधबार गाउँपालिकाको वडा नम्बर ४ स्थित शान्तिपुर खानेपानी योजनामा श्रमदान गरेर उनले ‘म बनाउँछु मेरो मोहन्याल’ अभियानको शुरूवात गरेका हुन् ।

स्थानीय जनसमुदायलाई स्वस्फूर्त रुपमा श्रममा जोड्ने र मोहन्यालको विकास हामी आफै गर्न सक्छौँ भन्ने सन्देश दिनका लागि अभियान थालिएको अध्यक्ष उपाध्यायले बताए । ‘म बनाउँछु मेरो मोहन्याल’ मुल नाराका साथ श्रमदान महाअभियान आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममासमेत प्राथमिकताका साथ समेट्ने उनको भनाइ छ ।

‘यो अभियान देखाउनका लागि मात्र हैन, मोहन्याल बनाउने उद्देश्यका साथ एउटा अभियान शुरू गरिएको हो, उनले भने, ‘बजेट भए मात्रै विकास गर्ने जुन प्रचलन छ । त्यसलाई हटाएर विकास निर्माणमा स्थानीयको जनसहभागिता बढाउन अभियानको थालनी गरिएको छ । यस अभियानमा सबैको सहयोग र समर्थन हुनेमा म पूर्ण विस्वस्त छु ।’

आज पहिलो दिन खानेपानी योजनामा श्रमदान गर्ने स्थानीयको सहभागिता संख्या थारै भएपनि आगामी दिनहरुमा जनसहभागिता बढ्दै जाने उनले बताए । ‘श्रममा जोडियौँ भने आफ्नो गाउँठाउँको विकास र निर्माण भएका योजनाप्रति स्थानीयको अपनत्व र मायापनि बढ्दै जान्छ । त्यसैले, मैले आफूबाट नै यसको सुरुवात गरेको हुँ । यसलाई आम जनसमुदायमा नै विस्तार गर्नुपर्छ भन्ने योजना छ । उनले भने ।’

हरेक हप्ताको एकदिन अनिवार्य सबै जनप्रतिनिधिले श्रमदान गर्ने गरि योजना बनाउने उनले बताए । आफू सातामा एक दिन प्रत्येक वडामा श्रमदानमा जाने उनले जानकारी दिए । ‘म पनि प्रत्येक हप्ता सम्भव भएसम्म विभिन्न वडामा श्रमदानमा जानेछु । अब फेसबुकमा एकअर्काको कुरा मात्र काट्ने हैन सबै श्रमदान अभियानमा जुटौं ।’ उनले सामाजिक सञ्जालमासमेत लेखेका छन् ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ५ : २७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *