२९ पुस २०८१, सोमबार | Jan 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डीप ट्युवेल सिचाइँ आयोजनाको अध्यक्ष कुँवरद्वारा उद्घाटन




कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित राधाकृष्ण डीप ट्युवेल सिचाइँ आयोजना सञ्चालनमा आएको छ । बिहीबार आयोजनाको गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरेका छन् ।

सो अवसरमा अध्यक्ष कुँवरले कृषिक्षेत्रलाई विषेश प्राथमिकता दिएर स्थानीय सरकारले काम गरिरहेको बताए । उनले आयोजना सञ्चालनमा आएसँगै यहाँका किसानलाई सिचाइँको असुविधा अन्त्य भएको बताए । किसानको आयस्तरवृद्धि गरी आत्मनिर्भर बनाउन आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।

महाकाली सिचाइँ आयोजनाअन्तर्गत करीब १ करोड रुपैयाँ लागतमा आयोजना सम्पन्न भएको राधाकृष्ण डीप ट्युवेल जल उपभोक्ता समितिका सचिव लोकेन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार रु ६० लाख निर्माण उपभोक्ता समितिमार्फत् र ४० लाख ठेक्का प्रक्रियामार्फत् योजना सम्पन्न भएको हो ।

सिचाइँ आयोजनाका लागि १ हजार ६ सय मिटर दूरीमा पाइपलाइन विस्तार गरिएको छ । आयोजना सञ्चालनमा आएसँगै सो क्षेत्रका ३ सय घरधुरीमा स्थानीयले सिचाइँ सुविधा पाउने सचिव न्यौपानेले बताए । ६० बिगाह जमिनमा खेतीपातीका लागि सो आयोजनाबाट स्थानीय लाभान्वित हुने उनले बताए । ०७९ माघदेखि सुरुवात गरिएको काम सम्झौता मिति सकिनुअगावै २०८० असार ६ गतेभित्रै सम्पन्न भएको उनको भनाइ छ ।

राधाकृष्ण डीप ट्युवेल जल उपभोक्ता समिति सिचाइँ आयोजनाको रेखदेख, पानी वितरणमा सहजता र भविष्यमा मेसिनमा आउने सम्भावित जोखिम तथा प्राविधिक समस्या समाधानका लागि प्रति उपभोक्ता शेयर सदस्यता शुल्क रु १००, धरौटी शुल्क रु ४०, कार्ड वापत रु २५, प्रति घण्टा सिचाइँ महसुल रु १०० का दरले उपभोक्ताबाट संकलन गरी उपभोक्ता समितिको कोषमा जम्मा गरिने उनले बताए ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ५ : ०२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *