१ जेष्ठ २०८१, मंगलबार | May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीका यी ५ वटा सामुदायिक विद्यालयले पाउनेछन् प्रोत्साहन अनुदान (सूचीसहित)



कैलाली । नतिजामा आधारित प्रोत्साहन कार्यक्रमको सञ्चालनका लागि कैलालीमा ५ वटा सामुदायिक विद्यालय छनोटमा परेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले व्यवस्थापकीय र शैक्षिक सुधारमा उत्कृष्ट काम गरेका विद्यालयलाई प्रोत्साहन अनुदानका लागि छनोट गरेको हो ।

बिहीबार केन्द्रले प्रोत्साहन अनुदान पाउने विद्यालयको सूची सार्वजनिक गरेको छ । सूचीमा परेका कैलाली जिल्लाका सामुदायिक विद्यालयले ५ लाख रुपैयाँका दरले प्रोत्साहन अनुदान पाउनेछन् ।

प्रोत्साहन अनुदान पाउनेमा जोशीपुर गाउँपालिका–२ स्थित जनप्रकाश मावि मुरी, लम्कीचुहा नगरपालिका–२ स्थित राष्ट्रिय नमूना मावि मोतिपुर, कैलारी गाउँपालिका–५ स्थित जनकल्याण मावि पबेरा, गोदावरी नगरपालिका–२ स्थित दुर्गालक्ष्मी मावि दहल र धनगढी उपमहानगरपालिका–१ स्थित त्रिभुवन मावि बोराडाँडी रहेका छन् ।

केन्द्रले प्रतिनिधिसभाको प्रत्येक निर्वाचन क्षेत्रबाट विद्यालय पर्ने गरी १६५, शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएको कार्यसम्पादन परीक्षणबाट भएको मूल्याङ्कनबाट उच्चतम अङ्क प्राप्त गर्ने विद्यालय, महानगरपालिका र उपमहानगरपालिका भित्रबाट थप २ विद्यालय छनोट गरेको जनाएको छ ।

केन्द्रले चालु आर्थिक वर्ष २०७९०/८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेका विद्यालयलाई नतिजामा आधारित प्रोत्साहन अनुदान’ का लागि आवश्यक बजेट वित्तीय हस्तान्तरण गरिसकेको जनाएको छ । केन्द्रले सम्बन्धित स्थानीय तहलाई कार्यक्रम सञ्चालन व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

हेर्नुहोस्, सूचीसहित :

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ९ : ३३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *