१६ बैशाख २०८२, मंगलबार | Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनकामना जीप दुर्घटना : मृतक पाँचै जनाको सनाखत



काठमाडौं । गोरखामा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका ५ जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा शहीद लखन गाउँपालिका– ५ पोखरे डाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षका निरज थापा, १९ वर्षीया नविना थापा सोही गाउँपालिका–४ का ६४ वर्षीय धनबहादुर थापा रहेका छन्।

बिहीबार राति दुलहा दुलहीसहित शहीदलखन–३ कोटगाउँबाट १९ जना जन्ती बोकेर जिप शहिदलखन ५ पोखरीडाँडा जाँदै गरेको थियो । बेहुलाबेहुलीसहित अर्को दुईवटा गाडी अगाडि गएको र तेस्रो गाडी दुर्घटनामा परेको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनमा १२ जना घाइते भएका छन् । गम्भीर घाइते भएका ४ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको र अन्य ८ जनाको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपमा सवार दुई जना भने सकुशल रहेका छन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : १५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *