२० फाल्गुन २०८०, आइतबार | Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश मामिला समितिका सभापति चढेको जीप दुर्घटना, ४ जना घाइते



वीरेन्द्रनगर। कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार जीप दुर्घटना भएको छ। 

खड्काको गृहजिल्ला रुकुम पश्चिमको चौरजहारी नगरपालिका-३ घारीपाखामा प्रदेश ०२-००१ झ ००४४ नम्बरको जीप दुर्घटना भएको हो।

दुर्घटनामा परेर सभापति खड्काको बाँया खुट्टामा चोट लागेको छ। उक्त दुर्घटनामा चौरजहारी–९ स्थित आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, सभापति खड्काका स्वकीय सचिव हुकुम बिसी, चालक युवराज गिरी घाइते भएका छन्। उनीहरूको चौरजहारी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ।

गाडीमा नौं जना सवार भएको बुझिएको छ। अन्य सबैको अवस्था सामान्य रहेको बताइएको छ। त्रिवेणी गाउँपालिकामा आईतबार हुने गाउँसभामा सहभागी हुन सभापति खड्का रुकुम पुगेकी थिइन्। गाडीको स्टेरिङ अकस्मात् घुमेपछि अनियन्त्रित भई पल्टिएको चालक गिरीले बताए।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *