काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठकमा विनियोजन विधेयक (बजेट) माथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने भएका छन् ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजेदेखि सुरु हुने बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
आजको बैठकमा गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ ।
यसैगरी आजकै बैठकमा उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे पनि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।











प्रतिक्रिया
✏ Sending a gift from our company. Verify > https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=2d17bb109b4d1f37bd1f43b62b44230c& ✏
tge7k2
📗 You have a transaction from our company. Assure >>> https://graph.org/GET-BITCOIN-02-25?hs=2d17bb109b4d1f37bd1f43b62b44230c& 📗
rr4p8b