१९ मंसिर २०८१, बुधबार | Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पालिका सार्न खोज्दा मोहन्यालमा गाउँसभामै कुटिए जनप्रतिनिधि



कैलाली । गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा कैलालीको मोहन्याल गाउँपालिकाका स्थानीयले जनप्रतिनिधिमाथि आक्रमण गरि कुटपिट गरेका छन् ।

हिजो (आइतबार) पालिकाको कार्यालय सार्ने विषयमा गाउँ सभामा विवाद भएपछि स्थानीय र जनप्रतिनिधिबीच कुटाकुट भएको हो । गाउँसभामा नीति तथा कार्यक्रमसहित पालिकाको केन्द्र सार्ने विषयमा छलफल भएको थियो । गाउँपालिकाको १२ औं गाउँसभामा हाल वडा नं. ४ को खिमडीमा रहेको पालिकाको कार्यालय वडा नं. १ को भकुण्डेटारमा सार्ने बहुमतले निर्णय गरेपछि स्थानीयले गाउँसभामै आक्रमण गरेका हुन् ।

स्थानीयको आक्रमणबाट गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय, उपाध्यक्ष कमल साउँद, वडा नं. ५ का वडाध्यक्ष प्रविण घर्ती, वडा नं. ७ का वडाध्यक्ष नवराज कठायतलगायत केही गाउँसभा सदस्यहरु घाइते भएका छन् । घाइतेहरुको खुट्टा र टाउकोमा चोट लागेको गाउँपालिकाका कर्मचारीले बताएका छन् ।

२०७४ मा स्थानीय तहको निर्वाचन भएदेखि ६ वर्षसम्म गाउँपालिका केन्द्र तोक्न नसकेको भन्दै आइतबार स्थानीयले गाउँसभामा आक्रमण गरेका थिए । बहुमतका आधारमा कार्यालय सार्ने निर्णय गरिएकाले हाल कार्यालय रहेको स्थानका स्थानीयले ढुंगामुढा गरेको बुझिएको छ ।

स्थानीयले कार्यालयमा समेत क्षति पुर्‍याएका छन् । राति स्थानीय र जनप्रतिनिधिहरुको लफडा भएपछि भागाभागको स्थिति बनेको थियो । गाउँ सभामा आइतबार नीति तथा कार्यक्रमसहित ४६ करोडको बजेट पनि प्रस्तुत भएको छ । तर, बजेट पारित हुन बाँकी छ ।

केन्द्रको टुंगो लगाउन उपाध्यक्षको नेतृत्वमा समिति

२०७४ मा स्थानीय तहको निर्वाचन सम्पन्न भएयता पहिलो कार्यकालमै मोहन्याल गाउँपालिकाको केन्द्र सार्ने विषयमा आवाज उठ्दै आएको थियो । त्यसयता पटक–पटक गरिएका प्रयास सफल हुन सकेनन् । यसअघि गाउँपालिकाको ११ औँ गाउँसभामा पालिकाको केन्द्र सार्ने वा हेरफेर गर्ने प्रस्तावमा सहमति जुट्न सकेको थिएन ।

त्यसयता ३ पटक कार्यपालिका बैठक स्थगित भएको थियो । भौगोलिक विकटताले मोहन्यालको केन्द्र खिमडीसम्म पुग्न पैदल हिँडेर ३/४ दिन लाग्छ । मोहन्यालमा अझैपनि पूर्वाधार विकासले फड्को मार्न सकेको छैन । त्यसैले, सबैलाई पायक पर्ने ठाउँमा केन्द्र सार्नुपर्ने माग यहाँका स्थानीय र जनप्रतिनिधिले पेचिलो रुपमा अघि सारेका थिए ।

तरपनि सहमति नजुटेपछि जनप्रतिनिधिको पहिलो कार्यकाल खिमडी, सुखड, फलेबिसौना र धनगढीबाट कार्यालय सञ्चालन गर्दैमा बित्यो । यातायात र सञ्चारसुविधाको पहुँच पुग्न नसक्दा अघिल्लो कार्यकालमा गाउँपालिकाको कार्यालय छिमेकी पालिकाको सुखड, बौनियाबाट अस्थायी कार्यालय राखिएको भन्दै जनप्रतिनिधि आलोचित हुँदै आएका थिए ।

यसअघि पनि गाउँपालिका केन्द्र सार्ने विषयमा गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय र उपाध्यक्ष साउँदबीच विवाद हुँदै आएको थियो । पालिकाले केन्द्र पायक नभएपछि गाउँपालिकाका उपाध्यक्ष कमल साउँदको नेतृत्वमा केन्द्र तोक्न सिफारिस समिति गठन गरिएको थियो ।

गत २०८० बैशाख २४ गते बसेको गाउँकार्यपालिका बैठकले मोहन्यालको केन्द्र वडा नं. १ को भकुण्डेटार सार्ने निर्णय गरेको थियो । मोहन्याल, पण्डौन र सुगरखाल गरी तीन गाविसहरु मिलेर बनाइएको मोहन्याल गाउँपालिकाको कुल क्षेत्रफल ६२६.९५ वर्ग किलोमिटर छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ४ : ३६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *