१२ जेष्ठ २०८१, शनिबार | May 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललिता निवास जग्गा प्रकरणमा ५ जना पक्राउ



काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा ५ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले आज काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसी रहेका छन् ।

उनीहरूलाई आजै सरकारी कागजात कीर्तेमा म्याद थप गर्ने तयारी छ । डेढ वर्षअघि महान्यायाधीवक्ताको हस्तक्षेपका कारण रोकिएको अनुसन्धान प्रहरीले पुनः सुरु गरेको हो ।

यसअघि अख्तियारले सोही प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री विजय गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  २ : ०० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *