२ फाल्गुन २०८१, शुक्रबार | Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपुरमा बस दुर्घटना, ३७ जना घाइते 



मकवानपुर । हेटौँडा उपमहानगरपालिका– ११ नवलपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

नारायणगढबाट जनकपुरका लागि छुटेको ना.६ख ९८०४ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमले जानकारी दिए। 

दुर्घटनामा घाइते भएका ३७ मध्ये १० जनाको चुरेहिल अस्पताल र २७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको एसपी गौतमले बताए। घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको उनले जानकारी दिए। एसपी गौतमका अनुसार बसका चलाक फरार छन्। 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ३ : ३५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *