धनगढी । कैलालीमा यसवर्ष रोपाइँ अझै पनि न्यून रहेको छ । सिँचाइ असुविधाका कारण किसानले असार १५ सम्म थोरै रोपाइँ गरेका हुन् ।
तर यसवर्ष ढिलोगरी मनसुन लागेकाले किसानले धेरै रोपाइँ गर्न सकेका छैनन् । यसैगरी, नियमित वर्षा नहुँदा उनीहरूले बोरिङको भरमा सिँचाइ गरेर रोपाइँ गर्नुपर्ने बाध्यता रहेको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार यो जिल्लामा ६९ हजार हेक्टर जमिनमा बर्खे धानबालीको खेती हुने गरेको छ । यसैबीच, आज असार १५ गते विभिन्न ठाउँमा राष्ट्रिय धान तथा रोपाइँ दिवस मनाइ रहँदा कृषकलाई भने हर्ष न बिस्मात भएको छ । सिँचाइको समस्या भोगिरहेका किसानले आवश्यकताअनुसार मल पाउन सकेका छैनन् । डीएपी मल नपाएपछि मलबिनै रोपाइँ गर्न बाध्य भएको उनीहरूको गुनासो छ ।
प्रतिक्रिया