२९ माघ २०८१, मंगलबार | Feb 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणगढ-मुग्लिन सडक पाँच घन्टापछि सञ्चालनमा



काठमाडौं । पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति २ बजे पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रवक्ता सुरेन्द्र विष्टका अनुसार बिहान ६ बजेदेखि पहिरो पन्छाउन थालिएको थियो।पहिरो पन्छाउने काम सकिएपछि अहिले दुईतर्फी नै सवारी सञ्चालनमा आएको उनले जानकारी दिए ।

पहिरोमा परी एउटा मालबाहकट्रक पनि पल्टिएको थियो । उक्त ट्रकलाई सडक किनारामा राखिएको र सवारी आवागमन दुईतर्फी नै सञ्चालन गरिएको विष्टले बताए । आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन आएको थियो।

पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ८ : ५२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *