१ माघ २०८१, मंगलबार | Jan 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङमा जन्मसिद्धका सन्तानलाई नागरिकता : एक सातामा ११ सय वितरण



विराटनगर। मोरङमा एक सातामा जन्मसिद्धका सन्तान १ हजार १ सय जनाभन्दा बढीलाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले गत सोमबारदेखि जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न थालेको हो । 

जन्मसिद्धका सन्तानका लागि हालसम्म १ हजार १ सय ८७ वटा वंशजको नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । उनका अनुसार आइतबार मात्रै २ सय ८७ वटा नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले १ सय ७० तथा इलाका प्रशासन कार्यालयहरु उर्लाबारीले ६० र रंगेलीले ५७ वटा नागरिकता जारी गरेर वितरण गरेको जानकारी पोखरेलले दिए । उनका अनुसार मोरङमा नागरिकता लिन जन्मसिद्धका सन्तानको भीड लाग्न थालेपछि शनिबारबाहेकका सार्वजनिक बिदाका दिन पनि नागरिकता वितरण गर्ने काम भइरहेको छ । 

पहिलो दिन अर्थात असार ११ गते सोमबार २ सय २८, मंगलबार १ सय ९५, बुधबार १ सय ४७, बिहीबार २ सय २२ र शुक्रबार २ सय ३ वटा नागरिकता वितरण गरिएको पोखरेलले बताए । उनका अनुसार जन्मसिद्धसँग जोडिएर नागरिकता लिनेको संख्या धेरै भएपछि वितरणमा टोकन प्रणाली लागू गरिएको छ ।

आगामी असोज दोस्रो सातासम्मका लागि टोकन वितरण गरिसकिएको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार लगभग ४ हजार हाराहारीले टोकन प्राप्त गरिसकेका छन् । टोकन प्राप्त गरेकाहरुले प्रशासनले उपलब्ध गराएको समयमा आएर नागरिकता लिनसक्ने सहायक प्रजिअ एवं जिल्ला प्रशासन कार्यालय मोरङका सूचना अधिकारी प्रदीप साहले बताए । उनका अनुसार जन्मसिद्धसँग जोडिएकालाई नागरिकता दिन छुट्टै कोठाको व्यवस्था गरिएको छ । 

सेवाग्राहीले फेरि दुःख नपाउन् भनेर नागरिकताका लागि सिफारिस गरेर पठाउँदा सबै कुरामा ध्यान दिन सरोकारवालालाई आग्रह गरिएको साहको भनाइ छ । उनका अनुसार २०६३ सालको वितरण टोलीबाट मोरङमा करिब ३५ हजार जनाले जन्मका आधारमा नागरिकता लिएको र त्यसका आधारमा अब वंशजको नागरिकता लिनेको संख्या ८० हजार हाराहारी रहेको हुनसक्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ८ : ५८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *