११ माघ २०८१, शुक्रबार | Jan 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नर्सिङमा थपियो २९५ स्थायी दरबन्दी



काठमाडौं । स्वास्थ्य सेवाको स्थायी दरबन्दीअन्तर्गत २९५ जना नर्सिङ जनशक्ति थपिएको छ। लोक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेका नर्सहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नियुक्तिपत्र वितरण गरेको हो। 

मन्त्रालयले नियुक्तिका लागि सिफारिस भएका २९५ जना स्टाफ नर्समध्ये २४५ वीर अस्पतालमा र ५० जना नेपाल सरकारमातहतका संघीय अस्पतालमा खटाएको हो।

नर्सिङ जनशक्तिको अभावमा आइसियूलगायत अन्य सर्जिकल सेवाहरू सञ्चालनमा ल्याउन नसकेको वीर अस्पतालमा नर्सिङ जनशक्ति थपिएसँगै सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। 

नर्सिङ जनशक्ति अभावमा ठप्प रहेको १० शय्याको आइसियूलगायतका सेवाहरू जनशक्ति थपेसँगै सञ्चालनमा आउने भएका हुन्। 

आवश्यक जनशक्ति उपलब्ध भएसँगै इर्मेजेन्सी वार्डमा पनि रेड, एलो र ग्रिन जोन छुट्याएर छिट्टै सेवा दिन सकिने, बन्द रहेका अप्रेसन थिएटरसमेत सञ्चालनमा आउने र लामो समयदेखि बन्द रहेको बर्न वार्डलगायतका सेवाहरू सुचारु गर्न सकिने अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका बताएका हुन्। 

सधैँ बिरामीको भिडभाड रहने वीर अस्पतालमा यति ठूलो संख्यामा नर्सिङ जनशक्ति पहिलोपटक थपिएको डा. पौडेल बताएका हुन्।  

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ७ : १४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *