काठमाडौं। सत्तारुढ गठबन्धनले कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले थापालाई कोसीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गर्दै त्यही अनुसारको तयारी गर्न निर्देशन दिने निर्णय गरको नेकपा एसका नेता राजेन्द्र पाण्डले जानकारी दिए।
उनले कोशी प्रदेशभित्र सबैभन्दा ठूलो संख्या कांग्रेसको रहेकाले बाँकी सिट संख्या पुराउने जिम्मा पनि कांग्रेसलाई नै दिइएको बताए। बैठकले बिभिन्न प्रदेशमा मन्त्रिमण्डलमा राख्नुपर्ने सदस्यहरूको पनि टुंगो लागेको उनले जानकारी दिए।
त्यस्तै जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने र मन्त्रालयका बारेमा उचित निष्कर्ष निकाल्ने सहमति भएको उनले बताए। बैठकमा बिभिन्न विश्वविद्यालयका पदहरूको व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको पाण्डेले बताए।
प्रतिक्रिया