२२ आश्विन २०८१, मंगलबार | Oct 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेस्रोपटक समानुपातिक सांसद बन्न नपाइने



काठमाडौं। तेस्रोपटक समानुपातिक सांसद बन्न नपाइने भएको छ। निर्वाचन आयोगको सोमबार बसेको बैठकले दुई पटक समानुपातिक सांसद बनिसकेकालाई तेस्रोपटक बन्न नपाइने प्रावधान प्रस्ताव गरेको हो।

यो व्यवस्था लागू भएपछि प्रतिनिधिसभा एवं प्रदेशसभामा तेस्रोपटक समानुपातिक सांसद बन्न पाइने छैन।

‘प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने,’ आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ।

निर्वाचन आयोगको बैठकले निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन नेपालको संविधान, सम्मानित सर्वोच्च अदालतबाट भएका निर्देशनात्मक आदेश तथा अन्तर्राष्ट्रिय अभ्यास र विगतका अनुभव तथा पृष्ठ पोषण समेतका आधारमा साविकको निर्वाचन सम्बन्धी कानुनमा परिमार्जन गरी ‘निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नेपाल सरकार गृह मन्त्रालय मार्फत संसदमा पेश गर्ने निर्णय गरेको  हो।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ७ : २९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *