२ फाल्गुन २०८१, शुक्रबार | Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभा बैठकमा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेको छ । बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामा मागेका हुन् ।

‘नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस्’ सांसद पन्तले भने । यसअघि राष्ट्रियसभाको बैठकमा पनि एमाले सांसदहरुले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका थिए । प्रतिनिधिसभा बैठकमा एमालेले प्रधामन्त्रीको राजीनामा माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित भएको जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ५ : ४२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *