१६ बैशाख २०८१, आइतबार | Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालकन्यामा समाजसेवी भण्डारीले स्थापना गरिन् १ लाख २५ हजारको अक्षयकोष



कैलाली । समाजसेवी टंकेश्वरी भण्डारीले कैलालीको बर्दगोरिया गाउँपालिका–१, स्थित बालकन्या माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेकी छन् ।

शुक्रबार विद्यालयमा कक्षा ११ को सञ्चालन तथा पठनपाठनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा उनले १ लाख २५ हजार राशीको अक्षयकोष स्थापनाको घोषणा गरेकी हुन् ।

सो अवसरमा उनले कोषको रकमबाट प्राप्त हुने ब्याजले हरेक वर्ष गरीब तथा विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरिएको बताइन् । आफ्ना स्वर्गीय पति उदयसिंह भण्डारीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको उनको भनाइ छ ।

‘विद्यालयमा स्थापना गरिएको अक्षयकोषको रकमले यहाँका गरीब, निमुखा तथा विपन्न बालबालिकाको शैक्षिक विकासमा सहयोग पुग्ने विश्वासले मैले अक्षयकोष स्थापना गरेकी हुँ उनले भनिन्, ‘बालबालिकाको भविष्यको लागि शिक्षाक्षेत्रमा लगानी गरेको रकम दुरुपयोग नहोस्, सही सदुपयोग होस् भन्ने विद्यालयसँग अनुरोध छ ।

उनका श्रीमान् उदयसिंह भण्डारीको १४ वर्षअघि क्यान्सर रोगका कारण निधन भएको थियो । पुर्ख्यौली घर अछाम भएका भण्डारी परिवारले विद्यालयमा गरेको लगानीले यहाँको शैक्षिक क्षेत्रमा उर्जा मिलेको भन्दै स्थानीयले प्रशंसा र धन्यवाद दिए ।

रकम हस्तान्तरण गर्दै समाजसेवी भण्डारीले भनिन्, ‘हरेक वर्ष बालबालिकालाई उच्चशिक्षा हासिल गर्नका लागि यसबाट छात्रवृत्ति प्रदान गरिनेछ ।’ भण्डारीले विद्यालयमै गएर उक्त चेक रकम हस्तान्तरण गरेकी हुन् ।

उनले नगद रु २० हजार र चेकमार्फत् रु १ लाख ५ हजारको हस्तान्तरण गरेको बताइन् । गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरमार्फत् विद्यालयलाई चेक रकम हस्तान्तरण गरेकोमा प्रधानाध्यापक भुमिप्रसाद शर्माले अक्षयकोषका लागि आएको रकमको सही सदुपयोग हुने बताए ।

गाउँपालिकाका अध्यक्ष कुँवरले अक्षयकोष स्थापना गरी विद्यालयको शैक्षिक विकासमा योगदान दिएकोमा खुसी व्यक्त गरे । उनले बर्दगोरिया गाउँपालिकामा मावि तहसम्म अनिवार्य तथा निशुल्क शिक्षाको अवधारणा लागू गरेको बताउँदै स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकास निर्माणमा केन्द्रित भएर काम गरिरहेको बताए ।

‘जसरी हामीले सडकपेटीहरुमा हाइमास्ट लाईट जडान गरेर उज्यालो बनाउन सफल भएका छौँ । त्यसैगरी, बर्दगोरिया गाउँपालिकाको शैक्षिक क्षेत्रमा सुधार ल्याई शिक्षामा उज्यालो पालिकाका रुपमा विकास गर्न चाहान्छौँ ।’ उनले भने, ‘यसमा तपाईं हामी सबैको साथ, सहयोग र समर्थन आवश्यक छ । एकजुट भएर विकास निर्माणमा हातेमालो गरी अगाडि बढ्न जरुरी छ ।’

उनले स्थानीय सरकारले विद्यालय र स्वास्थ्य क्षेत्रमा जनताको पहुँच पुर्‍याउन लागिरहेको बताए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ६ : ५९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *