५ जेष्ठ २०८१, शनिबार | May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री प्रचण्डलाई पत्नीशोक, सीता दाहालको निधन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । अचेत अवस्थामा उनलाई बुधबार बिहान कृतिम श्वासप्रश्वास दिँदै काठमाडौंको नर्भिक अस्पतालमा पुर्‍याइएको थियो ।

उपचारका लागि नर्भिक पुर्‍याइएकी उनको निधन भएको हो । ६९ वर्षीया सीता दाहालको आज बिहान ८ः३३ बजे ‘कार्डियक अरेष्ट’ का कारण निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । उनलाई पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोगले प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) देखिएको थियो ।

यसको उपचारका लागि भारत अमेरिका सिंगापुर तथा नेपालका विभिन्न अस्पतालमा उनलाई पुर्‍याइए पनि सम्भव हुन सकेको थिएन । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।

प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहाललाई छोरा प्रकाश दाहालको आकस्मिक निधनपछि विभिन्न शारीरिक तथा मानसिक समस्या देखिएका थिए ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ४६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *