२९ माघ २०८१, मंगलबार | Feb 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीतालाई श्रद्धाञ्जली दिँदा थामिएन प्रचण्डका आँखामा आँसु (तस्बिरहरू)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको छ । कार्यालयको प्राङ्गणमा आयोजित शोकसभामा उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनको पार्थिव शरिरमा प्रधानमन्त्री दाहालले पार्टीको झण्डासमेत ओढाए । सो क्रममा प्रचण्डका आँखाबाट आसु झरिरहेको थियो । उपस्थित अन्यले पनि श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारणा गरेका थिए । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सीताको बुधबार बिहान निधन भएको थियो ।

उनको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म पेरिसडाँडामा राखिनेछ । सीताको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ । कार्यालयको प्राङ्गणमा आयोजित शोकसभामा समवेदना दिन विभिन्न पार्टीका शीर्ष नेताहरू र मन्त्रीहरू पुगेका थिए ।

शोकसभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा, महासचिव देव गुरूङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपालका लागि चिनियाँ राजदूत छनसोङलगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

तस्बिरहरूः

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १२ : ५० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *