२१ मंसिर २०८२, शनिबार | Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जरायो मारेको आरोपमा ४ जना पक्राउ



वीरेन्द्रनगर । सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काँक्रेबिहार स्थित नयाँ गाउँ क्षेत्रबाट जरायो मारेर मासु भाग लगाइरहेको अवस्थामा प्रहरीले चार जनालाई रंगेहात पक्राउ गरेको हो । 

बुधवार जरायो मारेर भाग लगाइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको टोली स्थलगत पुग्दा घटनास्थलबाटै चार जना पक्राउ परेका हुन् ।
 
पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० का ५२ वर्षीय डम्मरबहादुर थारु, उनका छोरा २१ वर्षीय सुशील, २८ वर्षीय आशाराम चौधरी र वीरेन्द्रनगर–११ का ४१ वर्षीय मीनबहादुर वली रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकरी डिएसपी लक्ष्मण शाहीले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही हुने जिल्ला वन कार्यालय सुर्खेतले जनाएको छ । 

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ९ : ०३ बजे

  • ...
    LinkedIN Scraping

    I'm extremely inspired along with your writing skills as neatly as with the structure for your weblog. Is that this a paid topic or did you customize it yourself? Either way stay up the excellent quality writing, it's rare to look a great blog like this one nowadays. Stan Store alternatives!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *