२० बैशाख २०८१, बिहिबार | May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक धुम्बाराहीमा बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । पार्टीका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा अपराह्न तीन बजे बैठक बस्ने तय भएको छ ।

मंगलबारदेखि केन्द्रीय कार्यसमिति बैठक सुरू हुँदैछ । केन्द्रीय समिति बैठक बस्नुअघि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् । केन्द्रीय समिति बैठकअघि पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गर्ने कांग्रेसको परम्परा छ ।

कांग्रेस केन्द्रीय समिति बैठक एक वर्षपछि साउन २ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । नीति महाधिवेशन र राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियानजस्ता विषयमा केन्द्रीय समितिमा छलफल हुनेछ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १० : ४१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *