१९ मंसिर २०८१, बुधबार | Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीका चार स्थानीय तहले दिए कमैया मुक्ति दिवसको बिदा



कैलाली । कमैया मुक्ति दिवसको अवसरमा कैलालीका चार पालिकाले भोलि (मंगलबार) स्थानीय बिदा दिएका छन् । साउन २ गते कमैया मुक्त घोषणा भएको अवसर पारेर यहाँका टीकापुर, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ साल साउन २ गते कमैया मुक्तको घोषणा गरेको थियो । त्यसको सम्झनामा मुक्त कमैयाले हरेक वर्ष कमैया मुक्ति दिवस मनाउँदै आएका छन् । पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा कमैया र कम्लहरी प्रचलन कायम रहेको थियो ।

यसको उन्मुलनका लागि नेपाल सरकारले २ दशक अघि कमैया मुक्तिको घोषणा गरेपनि कमैया पुर्नस्थापना हुन नसकेको भन्दै हरेक वर्ष मुक्ति दिवस आन्दोलनको रूपमा मनाउने गरिएको छ ।

जानकी गाउँपालिकाको गत २०८० जेष्ठ २१ गतेको गाउँ कार्यपालिकाको निर्णयअनुसार मुक्त कमैया दिवसको अवसरमा वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा स्थानीय बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले जानकारी दिए ।

टीकापुर नगरपालिकाले पनि सोही अवसरमा बिदा दिएको छ । नगरप्रमुख रामलाल डंगौरा थारुले आज एक विज्ञप्ति जारी गर्दै नगरपालिका अन्तर्गत रहेका वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संघसंस्थामा एक दिन स्थानीय बिदा दिने निर्णय भएको जानकारी दिए ।

कमैया मुक्ति दिवसको अवसरमा भजनी नगरपालिका अन्तर्गतका वडा, स्वास्थ्य र शैक्षिक संघसंस्थाहरुमा पनि भोलि एक दिन बिदा दिइएको नगरप्रमुख केवल चौधरीले जानकारी दिए ।  यस्तै, जोशीपुर गाउँपालिकाको गत असार ३१ गतेको निर्णय अनुसार एक दिन स्थानीय बिदा दिने दिइएको प्रमुख प्रशासकीय अधिकृत मार्सल पन्तले जानकारी दिए ।

सरकारले कमैया प्रथा अन्त्यको घोषणा गरेपनि मुक्त कमैयाहरुले सामाजिक सुरक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, जमिनमाथिको अधिकारका विषयमा पुर्नस्थापना र सेवा सुरक्षाको माग राख्दै आएका छन् । पुनर्स्थापनाको उचित व्यवस्था नभएकाले मुक्ति दिवसलाई मुक्त कमैयाले आन्दोलनकै रूपमा मनाउँदै आएको मुक्तकमैयाका अगुवाहरू बताउँछन् ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ६ : २१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *