२४ भाद्र २०८१, सोमबार | Sep 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पहाडी भू-भागमा पानी पर्ने



काठमाडौं । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

राति भने देशभर आंशिक देखी सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ८ : ०५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *