२९ माघ २०८१, मंगलबार | Feb 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको ढकारी गाउँपालिकाले कागजात नवीकरण नभए भुक्तानी नदिने



अछाम । ढकारी गाउँपालिकाले यो आर्थिक वर्षदेखि भुक्तानीमा कडाई गर्ने भएको छ । बिल मात्रका आधारमा भुक्तानी गरिदा बेरुजु बढेपछि भुक्तानीमा कडाई गर्न लागिएको हो ।

यसअघि दर्ता प्रमाणपत्र, इजाजतपत्र र लाइसेन्स आदि कागजात नवीकरण नभएका र करचुक्ता पत्र समेत पेश नगरेकाहरुलाई भुक्तानी दिइएका कारण बेरुजु बढेको गाउँपालिकका अध्यक्ष प्रकाशबहादुर साउँदले बताउनुभयो ।

उहाँका अनुसार यसअघि बिल र चिठी मात्रका आधारमा बिभिन्न निकायलाई रकम भुक्तानी गरेको देखिन्छ । यसरी भुक्तानी लिनेमा सबैभन्दा बढी एफएम रेडियोहरु, अनलाईन र पत्रपत्रिका लगायत सञ्चार माध्यम रहेका छन् ।

भुक्तानी लिने सञ्चारमाध्यमहरु जिल्ला बाहिरका समेत रहेको उहाँले बताउनुभयो । त्यसरी आएका बिलहरुमा अध्यक्षले तोक लगाउने र कर्मचारीले भुक्तानी दिने जस्ता गल्ती आफुहरुबाट भएको उहाँको भनाई छ ।

भुक्तानीका लागि सञ्चार माध्यमका मात्रै चाङकाचाङ बिलहरु आएपछि आफुलाई व्यवस्थापन गर्न दिनभर लागेको समेत अध्यक्ष साउँदले बताउनुभयो । उहाँले ति बिलहरु करिब ४५ लाख बढीको भेटिएको पनि उल्लेख गर्नुभयो ।

त्यस्ता बिलहरु अध्ययन गरेर यो वर्ष सबैलाई मिलाउनु पर्छ भनी व्यवहारिक रुपमा भुक्तानी दिएपनि कतिपय बिलको भने भुक्तानी रोकिएको उहाँको भनाई छ । यसरी नीतिनियम विपरीत भुक्तानी गरेर आफुहरुले गल्ती गरेको भन्दै अध्यक्ष साउँदले अब पुस महिनामा हुने गाउँ सभामा मीडिया कार्यविधि नै पास गरीने र त्यहीँ अनुसार काम गरीने बताउनुभयो ।

अन्य सबै निकायका बिलमा यो पटक पनि कडाइ गरिएको भएपनि मीडियाका कागजात राम्रोसँग नहेरेरै भुक्तानी दिदा समस्या आएको अध्यक्ष साउँदको भनाई छ । उहाँले सञ्चार माध्यम सँगै अन्य निकायले समेत दर्ता प्रमाणपत्र, इजाजतपत्र र लाइसेन्स आदि कागजात नवीकरण नगरेरै तथा करचुक्ता पत्र समेत पेश नगरेर भुक्तानी लिएको हुँदा बेरुजु थपिएको बताउनुभयो ।

जसका कारण ढकारी गाउँपालिकामा अब यो आर्थिक वर्षदेखि दर्ता प्रमाणपत्र, इजाजतपत्र र लाइसेन्स नवीकरण नगरेका र करचुक्ता पत्र पेश नगरेका कुनैपनि निकायलाई भुक्तानी नदिने निर्णय गरिएको छ । यसअघि जनप्रतिनिधि र कर्मचारीले समेत यसबारे ध्यान नदिदा यो समस्या आइलागेको भन्दै यसमा आफुहरुबाट त्रुटी भएको उहाँको भनाई छ ।

रेडियो सोसाइटी एफएमको ‘रियल फेस’ कार्यक्रममा पत्रकार ध्रुव बीसी सँगको बहसमा उहाँले गाउँपालिकामा विभिन्न कारणले १० करोड ३ लाख २२ हजार बेरुजु देखिएको र जसमा नवीकरणका कागजात पेश नगरेकाहरु पनि परेको पाइएको छ । अध्यक्ष साउँदले गाउँपालिकाको अवस्था सुधारका लागि अनावश्यक रुपमा करारमा भर्ना गरिएका शिक्षक, खेलकूद र बिद्युत्त तिरका कर्मचारी समेत हटाइएको बताउनुभयो ।

जसले गर्दा बिकास खर्चमा प्रगति देखिने भएकाले अब गाउँपालिकाको केन्द्र हुँदै टिमु, डुफा, मैकाडाँडा, बासकोट, चैनपुर सम्म जोड्ने गरी रिङ रोडको तयारी भइरहेको उल्लेख गर्नुभयो । गाउँपालिका आफैले गर्भवतीलाई भत्ता दिन सुरु गरेपछि एक प्रकारको खुसी छाएको भन्दै उहाँले ‘एक वडा एक मील’ र आवासिय विद्यालय जस्ता महत्पूर्ण कामको थालनी गर्न लागिएको पनि बताउनु भएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ८ : ०६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *