२५ भाद्र २०८१, मंगलबार | Sep 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोहन्यालका यी जनप्रतिनिधि जसले आफ्नो तलब विद्यालयलाई गरे सहयोग



कैलाली । जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय तहमा दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले काम गरिरहेका छन् । झण्डै १५ महिना अघि स्थानीय तहको निर्वाचन भयो । स्थानीय तहसम्म सरकार निर्माण भएपछि गाउँगाउँमा सिंहदरबार पुग्यो ।

गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षलगायतका जनप्रतिनिधिहरू अधिकारसहित गाउँ ठाउँको सिंहदरबार प्रमुख बने । निर्वाचनपछि पछिल्लो समय देशका केही स्थानमा निर्वाचित जनप्रतिनिधिहरु आलोचित बने । कतिपय धेरै महत्वकांक्षी र सुविधाभोगी भएको भन्दै जनस्तरबाट तीव्र असन्तुष्टि र आलोचना खेपिरहेका छन् ।

जनप्रतिनिधिले गरेका बदमासीमा किस्सा समाचारमा नआएका पनि होइनन् । तर, केही वडाध्यक्षले भने आफ्नो कार्यक्षेत्रको विकासका लागि दत्तचित्त भएर काम पनि गरिरहेका छन् । जनपक्षीय काम गरेकोमा उनीहरुको प्रसंशासमेत हुने गरेको छ । २०७९ बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट मोहन्याल गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा पिरम बुढा निर्वाचित भए ।

यस वडामा सबै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । उसो त वडाध्यक्ष बुढा निर्वाचित हुनुअघि पनि सामाजिक कार्यमा सक्रिय थिए । उनले ग्रामीण भेगमा बाटोको ट्रयाक खोल्ने, शिक्षा, सामुदायिक वन व्यवस्थापन, खानेपानी र विपन्न जनताको जीविकोपार्जन लगायतका क्षेत्रमा सुधारका कामहरु गर्दै आएका थिए ।

झण्डै १५ महिनाअघि निर्वाचित भएका वडाध्यक्ष बुढासहितका जनप्रतिनिले आफूले पाउँदै आएको तलबभत्ताको रकम विद्यालयलाई सहयोग गरेका हुन् ।

तलब विद्यालयको विकासमा खर्च

वडाध्यक्ष बुढाले आफ्नो एक महिनाको तलबबाट ३४ हजार र ४ जना वडा सदस्यहरुले ४ हजारका दरले गरी कुल ५० हजार विद्यालयलाई आर्थिक सहयोग गरेका हुन । बुधबार मोहन्याल मावि बडिकाथाईमा आयोजित कार्यक्रममा वडाध्यक्ष पिरम बुढासहित कार्यपालिका सदस्य ईश्वरी बिष्ट, वडासदस्य प्रेम राना, हिरालाल विक र विष्णा विकले नगद हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा कार्यरत शिक्षकलाई तलब खुवाउन समस्या भएकाले आफूहरुले सहयोग गरेको वडाध्यक्ष बुढाले बताए । ‘गाउँपालिकामा शिक्षा समितिको बैठक बस्न नसक्दा विद्यालयका शिक्षक कर्मचारीहरुलाई तलब खुवाउन सकिएको छैन,’ उनले भने, ‘आपसी राजनैतिक खिचातानी र पालिकाको स्थायी कार्यालय नहुँदा धेरै कामहरु प्रभावित हुने गरेका छन् ।

आर्थिक सहयोगले विद्यालयलाई केही सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । ‘वडाका साना योजनामा बजेट पुगिरहेको हुँदैन, त्यसमा पनि हामीले आफ्नो तलबको रकम पनि खर्च गरिरहेका छौँ ।’ उनले भने । कार्यक्रममा विद्यालयले आफै तलब खुवाउन नसकेको अवस्थामा वडाध्यक्षको पहलमा सामुदायिक वन र जनप्रतिनिधिले गरेको कार्यको प्रशंसा गर्दै विद्यालयका प्रअ मानबहादुर पुनले धन्यवाद दिए ।

भौगोलिक विकटताले समस्या

संघीय संरचना अनुसार कैलालीको उत्तरपूर्वी मोहन्याल गाउँपालिकामा साबिकको मोहन्याल, पण्ड़ौन र सुगरखाल गरी ३ वटा गाविस गाभिएको थियो । कुल ६२६.९५ वर्ग किलोमिटर क्षेत्रफल रहेको मोहन्यालमा अहिले ७ वटा वडा छन् । भौगोलिक विकटताले मोहन्यालको केन्द्र खिमडीसम्म पुग्न पैदल हिँडेर ३–४ दिन लाग्छ । मोहन्यालमा अझैपनि पूर्वाधार विकासले फड्को मार्न सकेको छैन ।

विद्युत, स्वास्थ्य, खानेपानी, सिँचाइ, यातायात र सञ्चारको पहुँच नहुँदा यहाँका जनताले सास्ती भोग्दै आएका छन् । सेवासुविधाका र विकासका हिसाबले मोहन्याल अझैपनि पछि परेको स्थानीय बताउँछन् । गत असार १० मा बसेको १२ औँ गाउँसभामा केन्द्र सार्ने विषयमा विवादित हुँदा जनप्रतिनि नै कुटिएका थिए ।

विवाद चुलिँदा आर्थिक वर्षको अन्त्यमा कतिपय योजनाका कामहरु प्रभावित भएका बतााइएको छ । यस्तै, गाउँसभामा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को बजेट समेत पारित हुन सकेको छैन ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : ०० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *