६ जेष्ठ २०८१, आइतबार | May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोलखामा पहिरो जाँदा एक जनाको मृत्यु, तीन जना बेपत्ता



दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ मा गएको पहिरोको कारण एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । बिहीबार राती नौ बजेको अविरल बर्षासँगै गाउँपालिका–८ बाट आएको पहिरोले वडा नम्बर ७ को बस्तिमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दोलखाका प्रहरी प्रमुख डिएसपी दिपक खड्काका अनुसार पहिरोले पहिरोमा पुरिएर बेपत्ता भएका मध्ये वडा नं ७ का तीन वर्षीय प्रिन्स थामीको शव फेला परेको छ । पहिरोमा पुरिएका सोही स्थानका कृष्णबहादुर मगर, उनीकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ भने बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।

पहिरोले सात घर पूर्ण रूपमा क्षति भएका छन् भने वडा नं ७ र ८ का २० घर बढी पहिरोको उच्च जोखिममा छन् । पहिरोले घट्टेखोलाको झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुर्याएको छ । सुरक्षाकर्मी अहिलेसम्म सो स्थानमा पुग्न नसकेका छैनन् । घटनाको बिषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १ : २८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *