२० फाल्गुन २०८०, आइतबार | Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरमा पहिरोले पुरिएका व्यक्ति १४ घण्टापछि सकुशल भेटिए



काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोमा पुरिएर वेपत्ता भएका ६ मध्ये एक जना सकुशल भेटिएका छन् ।

सकुशल भेटिनेमा सिन्धुली हरिहरपुर गाउँपालिका-१ ककरेका १९ वर्षका पासाङ घिसिङ रहेका हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले जानकारी दिए ।

वाइवका अनुसार पहिरोले घर बगाउँदा वेपत्ता घिसिङलाई १४ घन्टापछि घाइते अवस्थामा उद्धार गरिएको हो ।

उनी पाहुना लागेको मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाएको थियो ।

स्याङ्तानसहित उनकी २२ वर्षीया छोरी शिला पहरी ,  ज्वाइँ २५ वर्षीय जीवन पहरी,  नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी अझै वेपत्ता छन् ।

घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ७ : ५७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *