३० असार २०८२, सोमबार | Jul 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पानीपुरी, चटपटेजस्ता खानेकुरा निश्चित अवधिलाई रोक्न प्रस्ताव



काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले खुला रूपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूल बजारमा निगरानी बढाउनुपर्नेे बताएकी छिन् । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको आइतबार सम्पन्न बैठकमा उनले यस्तो बताएकी हुन् । ‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडै संक्रमण फैलिन्छ । यसका स्रोतहरू मासु पसल, दूध डेरी, तरकारी तथा फलफूल पसल हुन्,’ उनले भनिन्, ‘अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो । मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ 

उपमेयर डंगोलले बर्खायाममा पानीसँगै फैलिने संक्रमण रोक्न बजार अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन समितिलाई निर्देशनसमेत दिएकी छिन् । बैठकमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले पानीपुरी, चटपटेजस्ता खानेकुरा निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनुपर्ने बताए । ‘पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ताहरू झुम्मिने गर्नुभएको छ । यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकाले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनुपर्ने हुन सक्छ,’ उनले भने, ‘खुला दूध प्लास्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्डविपरीत हो । यसलाई तत्काल रोक लगाउनुपर्छ ।’ 

‘फाल्नुपर्ने तरकारी, फलफूल भाग लगाएर बेच्न मिल्दैन’
यस्तै तरकारी बजारमा हुने धेरै तरकारीमध्ये केही बिग्रिएका हुन्छन् । उपभोगका दृष्टिले यस्ता पूर्ण अस्वास्थ्यकर हुन्छन् । यस्तो तरकारी र फलफूल सस्तोमा किनेर ल्याएर सडक किनारामा भाग लगाएर बेच्ने काम जनस्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन्छ । वडाध्यक्ष तथा अनुगमन मूल्यांकन समितिका सदस्य राजेन्द्र मानन्धरले भने, ‘फाल्नुपर्ने तरकारी र फलफूल बेचबिखनमा तत्काल रोक लगाउनुपर्छ ।’

बैठकमा यसअघि जारको पानीमा गरिएको अनुगमनका विषयबारे जानकारी गराउँदै कृषि तथा पशुपक्षी विभागका प्रमुख डा. अवधेश झाले कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड रहेको बताए । उनले भने, ‘मापदण्डविपरीतका जार जफत र नष्ट गरिएको हो ।’ उनका अनुसार काठमाडौंमा एक सय ५० भन्दा धेरै जारको पानीका वितरक छन् । यी हरेकको पानीको गुणस्तर जाँच नगरी स्वच्छताको अवस्था भन्न सकिने अवस्था छैन । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ५० बजे

  • ...
    Lemlist

    I am extremely impressed along with your writing abilities as smartly as with the structure for your weblog. Is that this a paid topic or did you modify it your self? Anyway stay up the excellent high quality writing, it is uncommon to look a nice blog like this one nowadays. Stan Store alternatives!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *