१९ फाल्गुन २०८०, शनिबार | Mar 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिशूलीमा बस दुर्घटना : ९ जनाको मृत्यु, उद्दार जारी



काठमाडौं ।  काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको सदरमुकाम बेनी जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको छ । प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा  ९ जनाको मृत्यु भएको छ भने ८ जना बढी घाइतेको उद्दार गरिएको छ। 

घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार दुर्घटनामा ९ जनाको शव भेटिएको  हो। उनले भने,’ दुर्घटनास्थलबाट घाइतेको उद्दार र शव संकलन कार्य जारी छ। घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ।’

 म्याग्दी कोरला यातयातको बस बिहान सवा ११ बजे नदीमा खसेको हो। दुर्घटनामा ठूलो संख्यामा यात्रुहरू हताहत भएको प्रहरीले जनाएको छ।  

घटनास्थलमा सुरक्षाकर्मीसहित सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ। दुर्घटनाका घाइतेहरूको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। 

उपचार  संभव नभएका घाइतेलाई काठमाडौं रिफर गरिएको छ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १ : ५४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *