२७ फाल्गुन २०८१, मंगलबार | Mar 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री दाहालको न्यूयोर्क भ्रमण स्वीकृत



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालको न्यूयोर्क भ्रण स्वीकृत भएको छ।  बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

परराष्ट्रमन्त्रालयको प्रस्तावमा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री न्यूयोर्क जाने भएका हुन्।

बैठकले धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र तथा निष्कासन सातौँ संशोधन नियमावली २०८० संशोधन गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन्।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  २ : २८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *