४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँके बस दुर्घटना: ६ जनाको सनाखत



बाँके । बाँकेमा बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ ।

कोहलपुरको शम्शेरगञ्जमा शुक्रबार राति बस दुर्घटना हुँदा मृत्यु हुनेहरूमा बर्दियाको ठाकुरबाबा-९ का ५० वर्षीय काँशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय रुपा परियार, जयन्ति थारु, ६५ वर्षीय साँधुराम थारु  र वडानम्बर ८ का ४५ वर्षीय जुगबहादुर चन्द रहेका छन् ।

मृतक एक जनाको भने सनाखत नभएको प्रहरीले जनाएको छ । नाम र वतन नखुलेका करिब ३५ वर्षीय पुरुष गाडीका स्टाफ भएको प्रहरीले जानकरी दिएको छ ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये दुई जना गम्भीर रहेका छन् भने १२ जना मध्यम र १५ जना समान्य छन् ।

बसमा ४१ यात्रु रहेका थिए । त्यसमध्ये ५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  १२ : ४४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *