४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीनकुने सामूहिक हत्या : एसएसपी राठौरको नेतृत्वमा छानविन समिति गठन



काठमाडौं महानगरपालिका– ३२ तीनकुनेस्थित गैह्रीगाउँमा भएको हत्याको छानबिनका लागि प्रहरीले अनुसन्धान समिति गठन गरेको छ।

एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा छानविन समिति गठन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। समितिमा प्रहरी नायब उपरीक्षकहरु हरि खतिवडा, सुवास खड्का र सुरक्षा केसी तथा प्रहरी निरीक्षक वीरेन्द्र केसी समेत रहेका छन्।

शुक्रबार बेलुका करिब १० बजे तीनकुनेस्थित दिव्य मिलमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र नवीन राईको हत्या भएको थियो। यीमध्ये कुमार, अम्बिका र शुभद्रा एकै परिवारका सदस्य हुन्।

हत्यामा संलग्न दीपेन्द्र राईले प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् भने थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु सबै लागुऔषध दुर्व्यसनी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ३ : १० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *