२० आश्विन २०८१, आइतबार | Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाकी केन्द्रीय सदस्य संग्रौलाले भनिन,‘पार्टीको सिद्धान्त मान्छेको जिवनसंग जोडीनु पर्छ’



अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य ज्वाला संग्रौलाले पार्टीको सिद्धान्त मान्छेको जिवन संग जोडीनुपर्ने बताएकी छन् । जसले जनताको जिवनस्तर माथि उठ्ने उनको विश्वास छ ।

रेडियो सोसाइटी एफएम अछामको ‘रियलफेस’ कार्यक्रममा पत्रकार ध्रुव बीसी सँगको अन्तरवार्तामा बोल्दै केन्द्रीय सदस्य संग्रौलाले राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त पनि जनताको जिवन सँग जोडिएकाले आफुहरु प्रति बामपन्थि वा दक्षिण पन्थि के हुन भन्ने गलत धारणा नबनाउन आग्रह गरिन ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बिचार, नीति र सिद्धान्त भनेको संवैधानिक समाजवादको परिकल्पना भएकाले अब धनी र गरीब बिचको विभेदको खाडल पुरेर सबैलाई समान रुपमा स्वास्थ्य, शिक्षा र रोजगारीको पहुँमा पु¥याउने लक्ष्यका साथ आफुहरु अघि वढेको उनले बताइन ।

संवैधानिक समाजवादको परिकल्पना भनेकै धनीहरुले जस्तै गरिबले पनि सहजै उच्चस्तरको अस्पतालमा उपचार सुविधा पाउने र शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा पनि धनि सरह नै पहुँच हुनुपर्ने तथा गरिबीकै कारण भोकै बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने हो तर अहिले हाम्रो मुलुकमा त्यसको ठिक उल्टो भइरहेको भन्दै केन्द्रीय सदस्य संग्रौलाले अब राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा मात्रै यी सबै व्यवस्थाहरु सम्भव हुने दाबी गरिन ।

उनले आफ्नो पार्टीले देशका ७७ वटै जिल्लामा संगठन बिस्तार गरिसकेको र अहिले गाउँ गाउँमा समेत पार्टीका गाउँ तहका संगठन बिस्तार गर्ने कार्य जारी रहेको उल्लेख गरिन । गाउँ कमिटी गठनका क्रममा स्वतन्त्र पार्टी प्रति जन लहर बढ्दै गएकाले अब आगामी निर्वाचनमा आफ्नो पार्टीले पुराना दलहरु भन्दा निकै राम्रो नतिजा ल्याउने समेत उनको दाबी छ ।

अछाममा संगठन बिस्तारका लागि पार्टीको जिल्ला नेतृत्व संग छलफल गरेर पहिलो चरणमा इलाका स्तरमा विभिन्न तहका नेता तथा कार्यक्रता सँग परामर्श गर्ने तयारी भइरहेको समेत उनले बताइन ।

अन्तरवार्ताको पुरा अंश तलको युटुब लिङ्कमा सुन्न सकिन्छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ६ : २७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *