२९ माघ २०८१, मंगलबार | Feb 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामलाई लागुऔषध मुक्त जिल्ला बनाउन पहल गरौंः डिआइजी बोहरा

प्रहरी चौकी जयगढको दुई तले भवन उद्घाटन



अछाम । सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले अछाम जिल्लालाई लागुऔषध मुक्त जिल्ला बनाउन पहल गरिने बताएका छन् । त्यसकालागि सुरक्षा सर्तकता बढाइएको उनले बताए ।

अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएको जयगढ प्रहरी चौकीको दुई तले भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतीथिका रुपमा बोल्दै उनले अहिले शान्ति सुरक्षाको सबैभन्दा ठुलो चुनौति लागु औषध नै देखिएकाले यसको नियन्त्रण गरी अछाम जिल्लालाई लागु औषध दुव्र्यसनी मुक्त जिल्लाका रुपमा घोषणा गरिनुपर्ने बताए ।

त्यसका लागि प्रहरीले उच्च सर्तकताका साथ निगरानी गरिरहेकाले स्थानीय तहहरु र जिल्लाका अन्य सरोकारवालाहरुले समेत यो अभियानमा सहयोग गरेर विगतमा खुला दिसामुक्त जिल्ला घोषणा गरे झै यसमा समेत सफलता हासिल गर्न सकिने बताए । लागु औषध नियन्त्रणका लागि ओसारपसार हुन नदिन प्रहरीले कडाई गरिरहेको र बिक्री तथा सेवन गर्नेहरुलाई समेत निगरानी गरिरहेकाले लागुऔषधको जालो फैलिन नपाउने समेत उनको दाबी छ ।

प्रहरी नायब महानिरीक्षक बोहराले जयगढमा निर्माण गरिएको प्रहरी चौकी भवन जस्तै अन्य ठाउँमा पनि सुरक्षा व्यवस्थालाई अझ मजबुद बनाउन प्रहरीहरुका लागि भवनहरु आवश्यक रहेको र त्यसका लागि पहल भइरहेको पनि उल्लेख गरे । साथै जयगढ प्रहरी चौकीलाई ईलाका प्रहरी चौकि बनाउन समेत पहल गरिने बताए । कार्यक्रमका विशिष्ठ अतीथि बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँदले जयगढमा प्रहरी चौकिले मात्र सुरक्षा दिन नसक्ने भन्दै यसलाई ईलाका प्रहरी चौकी बनाई त्यही अनुसार जनशक्ति बढाउनु पर्ने बताएका छन् । बान्नीगढी जयगढ गाउँपालिको भूगोल धेरै ठुलो रहेकाले यहाँ छिटोभन्दा छिटो प्रहरी जनशक्ति बढाइनुपर्ने र इलाका प्रहरी चौकीको अनुमति दिइनुपर्ने उनको भनाई छ ।

अध्यक्ष साउँदले बिकासका दृष्टिकोणले छातासैन बृहत खानेपानी योजनाले अहिले ठुलो प्रगति देखिएको र अब १५ सैयाको अस्पताल, कोल्ड स्टोर, गाउँपालिकाको प्रशासनिक भवन र लामो समयदेखि अधुरै रहेको जयगढको सरस्वती मन्दिर लगायतका कामहरु दृत गतिमा अघि बढाउने तयारी भइरहेको पनि बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावल र अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल पनि बिशिष्ठ अथीतिका रुपमा सहभागि हुनुहुन्थ्यो भने बान्नीगढी जयगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगाना, प्रहरी नायव उपरीक्षक सन्तोष पाठक, शसस्त्र प्रहरी नायब उपरीक्षक धनसिंह धामी लगायत विभिन्न निकायका व्यक्तिहरुको पनि सभामा सहभागिता रहेको थियो ।

प्रहरी चौकी जयगढको भवन उद्घाटन समारोह (फोटोहरु)

फोटो: बान्नीगढी जयगढ गाउँपालिका अछामको फेसबुकबाट

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ६ : ५२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *