६ जेष्ठ २०८१, आइतबार | May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिगो र सकारात्मक रुपान्तरणका लागि प्रसंसनीय नेतृत्व तालिम



काठमाडौं । ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले आगामी मंसिर ६ देखी ९ गते, २०७० दिगो र दिगो र सकारात्मक रुपान्तरणका लागि प्रसंसनीय नेतृत्व प्रशिक्षक प्रशिक्षण गर्ने भएकोछ ।

व्यक्ति, संघ संस्थाहरु र समाजको सकारात्मक रुपान्तरणको लागि तालिम तथा अनुसन्धान कार्यहरु गर्दै आइरहेको ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सले देशै भरी दिगो र सकारात्मक परिवर्तन गर्न सक्ने प्रसंसनीय नेतृत्व विकास गरेर दक्ष र सकारात्मक जनशक्ति विकास गर्ने उद्धेश्यका साथ यो तालिमको आयोजना गरेको हो ।
प्रसंसनीय खोज दृष्टिकोण व्यक्ति, परिवार, समाज, तथा संस्थाहरुमा शुसुप्त अवस्थामा रहेका सकारात्मक तत्वहरु उजागर गरेर सकारात्मक परिणामको लागि अभिप्रेरित गर्ने विधी हो ।

यसले जीवन, परिवेश, समुदाय र संस्थाहरुलाइ नयाँ र सकारात्मक तवरवाट हेर्न, त्यहाँ भएका सबै खाले सकारात्मक तत्वहरुको पहिचान गरेर ती तत्वहरुको अभिवृद्धि गर्दै त्यहा भएका सबै खाले कमजोरीहरुलाई निष्कृय बनाउने गरी आगामी दिनहरुको लागि सकारात्मक रुपान्तरणकारी दृष्टिकोण बनाउन, व्याख्या गर्न र दृष्टिकोणलाइ कार्यान्वयनमा ल्याएर नयाँ जीवन प्राप्त गर्न मार्ग खोल्ने बैज्ञानिक, व्यवाहारीक र प्रणालीगत विधी हो ।

यस विधिको सहि सदुपयोगले यथास्थितीमा रुमल्इिरहको जीवन र संगठनमा नयाँ नयाँ अवसरहरु सिर्जना हुन्छन । यस विधीको प्रयोगले ब्यक्ति वा संस्थाभित्र वेवास्था गरिएका संभावनाका मुनाहरु फक्रिने अवसर पाउदछन र तीनै संभावनाहरुको प्रष्फुटनले चमत्कारीक सकारात्मक रुपान्तरण ल्याउदछन ।

यस तालिममा यस विधीको प्रयोगका कारण प्राप्त परिणामहरु, यसका सैद्धान्तिक आधारहरु, विभिन्न क्षेत्रको प्रयोगमा भएका सिकाईहरु समेटेर तयार गरिएकोले यो तालिम सैद्धान्तिक तथा ब्यबहारिक दुबै हुनेछ । यो तालिमका सहभागीहरुले जीवन तथा संस्थाहरुलाई सफल मार्गमा कसरी डोर्याउन सकिन्छ र दिगो र सकारात्मक परिवर्तनको लागि कसरी नेतृत्व गर्न सकिन्छ भन्ने बारेमा सैद्धान्तिक तथा ब्यबहारीक ज्ञान एवम् सिप प्राप्त गरी जीवनमा नयाँपन अनुभव गर्न सक्नेछन ।

४ दिन सम्म सञ्चालन हुने यस तालिमका सहजीकरण यस विधीका संस्थापक प्रोफेसर डा। डेभिड कुपर राइडर तथा प्रोफेसर डा। रोनाल्ड फ्राईका विधार्थी तथा यस विधीका सर्टिफाइड प्रशिक्षकहरु द्धय श्री बुद्धि तमांग र डा। राम चन्द्र लामिछाने सहित विदेशी विज्ञहरुले समेत गर्नु हुनेछ ।

बिभिन्न क्षेत्रमा नेतृत्व गरिहनु भएका व्यक्तिहरु तथा प्रसंसनीय नेतृत्वको रुपमा समाजको दिगो तथा सकारात्मक परिवर्तन गर्ने अभिभारा वहन गर्न चाहने व्यक्तिहरुले यो तालिममा सहभागी हुने सक्ने कुरा ईस्टिच्युटले जानाकारी गराएकोछ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ४ : ४९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *