१६ बैशाख २०८२, मंगलबार | Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एयरपोर्टमै बिग्रियो नेपाल एयरलाइन्सको विमान



काठमाडौं। नेपाल वायुसेवा निगमको जहाज भारतको नयाँ दिल्लीस्थीत एयरपोर्टमै बिग्रिएको छ। आज बिहान नेपालबाट नयाँ दिल्ली गएको विमान बिग्रेपछि नेपाल आउने यात्रु समस्यामा परेका छन्।

आज विहान नेपालबाट सवा ८ मा दिल्ली गएको उडान नम्बर आरए २०६ को जहाजमा समस्या आएपछि दिल्ली एयरपोर्टमा मर्मत भइरहेको छ। नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बिहान १० बजे नेपाल आउनुपर्ने भएपनि जहाजमा प्राविधिक समस्या आएकोले उडान सारिएको जानकारी दिनुभयो।

जहाज मर्मतको काम जारी रहेको भन्दै करिब आधा घन्टामा मर्मत सम्पन्न गरी उडानको तयारी भइरहेको उहाँको भनाई छ। तर यात्रुहरुले भने आज तीन पटकसम्म उडान क्यान्सिल गर्दै डिले भएपछि दुःख पाएको साथै एयरलाइन्सका कुनै कर्मचारीसँग सम्पर्क हुन नसकेको गुनासो गरेका छ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ४ : २३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *