२४ बैशाख २०८१, सोमबार | May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायल घटना : छत्रबहादुरले गरे २०/२० हजार सहयोगको घोषणा



काठमाडौं । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएकाहरुका दुई परिवारलाई अछामका एक युवकले नगद सहयोगको घोषणा गरेका छन् । उनले दुबै परिवारलाई २०/२० हजार दिने घाषणा गरेका हुन् ।

अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ गैरिगाउँ घर भई हाल अष्ट्रेलियमा बस्दै आएका छत्रबहादुर धामीले प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका जयपृथ्वी नगरपालिका वडा नम्बर ६ बझाङका गणेश कुमार नेपाली र जोशिपुर गाउँपालिका वडा नम्बर ५ मैनपोखर कैलालीका आशिष चौधरीका परिवारलाई सहयोगको घषणा गरेका हुन् ।

एक वर्षदेखि अष्ट्रेलियमा बस्दै आएका धामी सानै उमेर देखि नै समाजसेवा गर्दै आएका थिए । उनले नेपालमा रहदा पनि विभिन्न समस्यामा परेकाहरुका लागि सहयोग गर्ने गरेका थिए।

अहिले अष्ट्रेलियमा रहेरपनि उनले विभिन्न समस्या भोग्दै आएका नेपालीहरुलाई सहयोग गर्ने गरेका छन् । मृतकका परिवारलाई थोरै भएपनि राहत मिलोस भनेर आफुले हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली र चौधरीका परिवारलाई आफुले सक्ने सहयोग गरेको बताएका छन् । -‘उहाँहरूको छोराको उमेरका जोकोहीले अहिले सानत्वना दिनसक्नुपर्छ,’ उनले भने‘दुखमा सहयोग गर्नु नै मानविय धर्म हो ।’

केही गर्छु भनेर निश्चित समयको लागि इजरायल पुगेका ती सन्तानका सपनाहरू इजरायलमा चलेको युद्धमा मेटिए पछि उनीहरुका आमाबुबा र परिवारमा छोरा जिउँदो फर्किन्छ कि भन्ने आशा मनमा रहेका बेला हरेक नेपाली छोराहरुले उनीहरुको आत्मबल बढाउन भूमिका खेल्नुपर्ने उनले बताए ।

अष्ट्रेलियबाट धामीले सामाजिक सन्जाल फेसबुमा सहयोग घोषणा गर्दै यस्तो लेखेका छन् । ‘आफू अष्ट्रेलिया छु तर मन भने इजरायलतिरै छ तीनै नेपाली सन्तानहरूको जीवनको प्राथनामै,उद्दारको अनुरोधमै मैँले तीन रात छट्पटिमै बिताएँ तर पनि मेरो केही लागेन, केही गर्न सकिनँ यो गुनासो त छँदैछ । तर यो दुःखद घडीमा म आँसु बन्न चाहान्न, ती आमाबुबा रोएको भिडियो शेयर गरेर अरूलाई रूवाउन चाहन्न अब यत्ति चाहन्छु तीनै आमा बुबा जसले देशको असल कृषि विज्ञ गुमाउनु भयो उहाँहरूको निम्ति थोरै भएपनि सान्त्वना बन्न पाइयोस् हौसला दिन सकूँ । यसरी बिरानो मुलुकहरूको युद्दमा आफ्ना निर्दोष सन्तानहरू गुमाउनुको पिडा कति छ त्यसको कल्पना म गर्न सक्दिनँ ।’

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ५ : ५७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *