२३ बैशाख २०८१, आइतबार | May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धन भत्काउने, सरकार गिराउने षडयन्त्र असफल भयो : प्रधानमन्त्री



चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनले गरेका काम देखेर केहीलाई छटपटाहट भएर सरकार भत्काउन लागेको आरोप लगाएका छन्। आइतबार पश्चिम चितवनको शारदानगरमा तीनवटा खानेपानी आयोजनाको एकैसाथ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले गठबन्धन भत्काउने र सरकार गिराउने प्रयास असफल भएको दावी गरे।

‘देशभित्र र देश बाहिर रहेका नेपालीको हितमा काम गर्दा एकथरी मानिसहरू छटपटिएका छन्। उनीहरूलाई के गरी यो गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउन सकिन्छ कि भनेर लागिपरेका छन्।  थरी मानिसहरू छटपटिएका छन्। उनीहरूलाई के गरी यो गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउन सकिन्छ कि भनेर लागिपरेका छन्। कहिल्यै सत्तामा प्रवेश  गर्न पाइँदैन कि भनी एकथरी निकै विछिप्त भएका छन्,’प्रधानमन्त्री दाहालले भने,’यो षडयन्त्र विफल भएको छ।’

कोशी प्रदेशमा पछिल्लो समयमा विकसित राजनीतिलाई संकेत गर्दै प्रधानमन्त्री दाहालले त्यहाँ गठबन्धन विफल पार्न योजनाअनुसार षडयन्त्र भएको आरोप लगाए।  उनले भने, ‘कोसी प्रदेशमा जे राजनीतिक परिदृश्य देख्नु भएको छ ।  यही गठबन्धनले राम्रो गर्न खोजेकोलाई सहन नसकेर एकथरी मानिसले यहाँभित्र खेल्न सकिन्छ कि, विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअुसार कामहरू गरिरहेका छन् । तर, हिजो सभापति शेरबहादुर देउवाले  प्रधानमन्त्रीको म आफै र नेपाली कांग्रेसका नेता शेखर कोइरालाको बीच एउटा सहमति गरेपछि त्यो षडयन्त्रलाई निस्तेज पारिएको छ।’

उनले अब गठबन्धन पूर्णकार्यकालसम्म जाने विश्वास व्यक्त गरे। 

प्रधानमन्त्री दाहालले सरकार सुशासन समाजिक न्याय आर्थिक समृद्धिको पक्षमा प्रतिबद्धता रहेको उल्लेख गरे। ‘अहिले धेरै क्षेत्रमा सुधार देखिएको छ । तराईमा मिटरब्याजीको समस्या समाधान गर्नका निम्ति सरकारले लिएको पहल सार्थक भएको छ,त्यसबाहेक सुशासन र आर्थिक समृद्धिका क्षेत्रमा पनि काम भएका छन्,’उनले भने।

 उनले मुलुकको राजनीतिक स्थायित्वका लागि भारत,अमेरिका र चीनँगको सम्बन्ध बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए।

प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताए। देश बाहिर रहेका नेपालीको हितमा सामाजिक सुरक्षा कोष मात्रै नभइ नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको उनको भनाइ छ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  २ : ५९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *