२४ भाद्र २०८१, सोमबार | Sep 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामका पूर्व उपसभापति चन्द्रप्रसाद ढुंगाना रास्वपामा प्रवेश



अछाम । नेपाली कांग्रेस अछामका पूर्व उपसभापति चन्द्रप्रसाद ढुंगाना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ । उहाँ काग्रेसबाट बिद्रोह गरेर लामो समय तटस्थ बस्नु भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको आज मंगलसेनमा भएको दसैंतिहार शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी प्रवेश गर्दै ढुंगानाले दलालहरुको चपेटाबाट देश जोगाउन अब आफू पनि खुला रुपमा लाग्न नयाँ यात्रामा अघि हिडेको बताउनु भएको छ ।

पुराना दलहरुबाट आश गर्ने ठाउँ नरहेको भन्दै उहाँले अब मतदाताहरु समेत उनीहरुकै भरमा परेर बस्नु उचित नहुने उल्लेख गर्नुभयो । उहाँले यो चुनौतिपूर्ण यात्रामा राष्ट्रिय स्वतन्त्र पार्टीमा सहभागि भएर मात्र नहुने भएकाले अब मिसन २०८४ लाई सफल पार्न सबै एकताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । आफु पनि अब राष्ट्रिय स्वतन्त्र पार्टीमा खुला रुपमा लागेर अछाम जिल्लामा समेत यो पार्टीको संगठनलाई गाउँ गाउँसम्म विस्तार गर्ने गरी अघि बढेको उहाँले बताउनुभयो ।

खासगरी कांग्रेसले अछाम जिल्लामा विगत देखि नै झुटको राजनीति गरिरहेकाले अब त्यस्ता झुटको पछि नलाग्न समेत उहाँले आग्रह गर्नुभयो । एमाले, माओवादी जस्ता पार्टीले पनि कुनै उपलब्धी देखाउन नसकेको भन्दै उहाँले अहिले कमिसन खाने र अपराधि संरक्षण गर्ने जस्ता काममा लागेर दलहरुले आफ्नो चरित्र प्रर्दशन गरिरहेको आरोप लगाउनुभयो ।

अब यी सबै अत्याचारको अन्त्य गर्ने एउटा मात्रै विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी भएकाले मन लगाएर यो पार्टीमा समाहित हुनुको विकल्प नभएको समेत दाबी गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीको मंगलसेन नगर कार्यसमितिका सभापति भीम सोडारीको सभापतित्वमा भएको कार्यक्रममा बिशिष्ठ अतीथिको तर्फबाट बोल्दै पार्टीका जिल्ला संयोजक ओमप्रकाश रावलले राष्ट्रिय स्वतन्त्र पार्टी अब अछाम जिल्लाका कुना कन्दरासम्म पुग्नेगरी अभियानमा लागेको बताउनुभयो । उहाँले सामाजिक रुपमा ख्याति कमाएका र स्वार्थ रहित भावना भएका सबै व्यक्तिहरु अब यो पार्टीमा लाग्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा पार्टीका जिल्ला उपसंयोजक जिवन कुमार शाही, निर्वाचन क्षेत्र समिति सदस्य सेतीराम भण्डारी र भरतचन्द बटाला, पंचदेवल बिनायक नगरपालिकाका उप संयोजक कमल जैसी, मंगलसेन नगर कार्यसमितिका सचिव प्रेम नेपाली र सिद्धराज केसी, सदस्य रामप्रसाद लामिछाने, साँफेबगर नगरपालिका सम्पर्क संयोजक युवराज नाथ, भारत प्रबास डेक्कन कुथरोड नगर समिति महामन्त्री दिपक नेपाली र सदस्य बलबहादुर साउँद, कतार सनैया इकाइ समिति ग्रुप प्रचार विभाग प्रमुख लक्ष्ीराम गीरी लगायतको उपस्थीति रहेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ६ : ४६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *